काठमाडौं, फागुन ८ :

नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन् । लामो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्काउटको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका सामाजिक व्यक्तित्व घिमिरेलाई युवा तथा खेलकुदमन्त्री एवं प्रमुख स्काउट तेजुलाल चौधरीले प्रमुख आक्युतमा नियुक्त गरेका हुन् ।

मन्त्री चौधरीले महेन्द्रराज रञ्जितलाई प्रमुख आयुक्तबाट हटाएर घिमिरेलाई नियुक्त गरेका हुन् ।

घिमिरेसँगै मन्त्री चौधरीले अन्य सात जानालाई राष्ट्रिय कार्यकारी समितिमा नियुक्त गरेका छन् । नियुक्त हुनेमा इन्दु सुवेदी, कमलबहादुर देउजा, भुवन सुब्बा, सन्तोषकुमार थापा, स्मृति बराल, जहरसिंह थापा र सुस्मिता श्रेष्ठ छन् ।