बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

पार्टी केन्द्रीय कार्यालयमा सापकोटाको अन्तिम श्रद्धाञ्जली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ फागुन, २०८१ मा प्रकाशित
पार्टी केन्द्रीय कार्यालयमा सापकोटाको अन्तिम श्रद्धाञ्जली
काठमाडौं, फागुन ९ :

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोनगरमा राखिएको छ ।

उनको निधन बिहीबार बिहान काठमाडौंको हेल्पिङ ह्यान्डस् अस्पतालमा उपचारका क्रममा भएको हो । सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको हो ।

उनलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसमेत पार्टी केन्द्रीय कार्यालय पुगेका थिए ।

५९ वर्षीय सापकोटा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काभ्रे निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । उनको निधनप्रति दुःख प्रकट गर्दै पार्टीले उनको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेको छ ।

श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका महासचिव घनश्याम भुसालले उनको योगदानको स्मरण गर्दै उनका योगदान नवयुवाहरुमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । सापकोटाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अध्यक्ष नेपालले सम्मान व्यक्त गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार