काठमाडौं, फागुन ९ :

नेपाल र श्रीलंकाका केन्द्रीय बैंकबीच सम्झौंता भएको छ । दुवै देशका केन्द्रीय बैंकका गर्भनरबीच वित्तीय नियमन तथा सुपरीवेक्षणका सवालमा सूचना आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल राष्ट्र बैंककातर्फबाट गभर्नर महाप्रसाद अधिकारी र सेन्ट्रल बैंक अफ श्रीलंकाका तर्फबाट गभर्नर डा. नन्दलाल विरसिङ्घेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार दुई राष्ट्रबीच वित्तीय नियमन तथा सुपरीवेक्षणका लागि आवश्यक सूचना आदानप्रदान हुनेछ ।

वित्तीय क्षेत्रको नियमन तथा सुपरीवेक्षणका लागि आवश्यक क्षमता वृद्धि विकास गर्ने, एक-अर्कालाई सूचना लिनेदिने कार्य गर्नेजस्ता कार्यको लागि सम्झौता भएको राष्ट्र बैंकको भनाइ छ ।