
फाइल फोटो ।
काठमाण्डौं, फागुन १० :
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।
ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आज बिहान ११ बजे बैठक बस्ने सो पार्टीले जनाएको छ । बैठकमा ९ वटा कार्यसूची तय गरिएको छ।
केन्द्रीय कमिटी बैठक हिजोबाट सुरू हुने भनिएपनि पार्टी पोलिटब्युरो सदस्य एवम् संविधान सभा सदस्य विदुर सापकोटाको निधन भएपछि स्थगित भएको थियो।
आज बस्ने केन्द्रीय कमिटी बैठकका लागि अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन,पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा,संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू लगायत रहेका छन्।
मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठक र बुधबार बसेको पोलिटब्युरो बैठकले आज बस्ने केन्द्रिय कमिटी बैठकका लागि कार्यसूची तय गरेको हो।