
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जी ट्रेड प्रालिबीच बिमा सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रअनुसार सरिना जी ट्रेडमार्फत बिक्री गरिने ईभी इजी ट्याक्सीहरुको मोटर बिमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो ।
सम्झौतापत्रमा सलिकोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सरिना जी ट्रेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय महतोले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यलगायत सरिना जी ट्रेडको तर्फबाट उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।
सरिनाबाट विक्री गरिने विद्युतीय सवारीसाधनहरुको सवारीसाधन बिमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारीसाधनअन्तर्गत भविष्यमा कुनै दाबी परे बिमा कम्पनीले दाबी भुक्तानी प्रक्रियालाई थप सरल, सहज, नगदरहित तथा शीघ्र भुक्तानी गर्नेसमेत जनाइएको छ ।