बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रथम महिला राधिका शाक्यले भनिन्- ‘प्रधानमन्त्री ओली विश्वकै अति मिहिनेती नेतामध्ये एक हुन्’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ११ फागुन, २०८१ मा प्रकाशित
प्रथम महिला राधिका शाक्यले भनिन्- ‘प्रधानमन्त्री ओली विश्वकै अति मिहिनेती नेतामध्ये एक हुन्’
काठमाडाैं, फागुन ११ :

प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी ओलीको मिहिनेतको उच्च प्रशंसा गरेकी छन् ।

आफ्नै आत्माकथा ‘करुणा’ को शनिबार लोकार्पण समारोहमा उनले कतिपयले प्रधानमन्त्री ओलीलाई ‘अल्छी’ भन्ने गरेको टिप्पणी गलत भएको बताइन् । उनका अनुसार केही मानिसहरूले ओलीलाई काम नगर्ने र निष्क्रिय भन्ने गरेको भए पनि वास्तविकता फरक छ ।

ओलीको प्रशंसा गर्दै राधिका शाक्यले भनिन्– प्रधानमन्त्रीलाई अल्छी भन्नेहरू गलत हुन् 

 

उनले ओलीको मिहिनेतबारे उल्लेख गर्दै हिजो बिहानदेखि आज बिहान साढे ४ बजेसम्म प्रधानमन्त्री निरन्तर काममा व्यस्त रहेको बताइन् । कोठामा आउँदा साढे चार बजिसकेको थियो र सायद बिहान पाँच बजे मात्र सुतेका थिए ।

उनले ओलीलाई विश्वकै अति मिहिनेती नेतामध्ये एक भएको बताउँदै उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय भन्ने भन्दै ? प्रश्नसमेत गरिन् । उनका भनाइहरूले प्रधानमन्त्री ओलीको कार्यशैलीबारे भइरहेको टिप्पणीको जवाफ दिएको छ ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार