प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी ओलीको मिहिनेतको उच्च प्रशंसा गरेकी छन् ।
आफ्नै आत्माकथा ‘करुणा’ को शनिबार लोकार्पण समारोहमा उनले कतिपयले प्रधानमन्त्री ओलीलाई ‘अल्छी’ भन्ने गरेको टिप्पणी गलत भएको बताइन् । उनका अनुसार केही मानिसहरूले ओलीलाई काम नगर्ने र निष्क्रिय भन्ने गरेको भए पनि वास्तविकता फरक छ ।
उनले ओलीको मिहिनेतबारे उल्लेख गर्दै हिजो बिहानदेखि आज बिहान साढे ४ बजेसम्म प्रधानमन्त्री निरन्तर काममा व्यस्त रहेको बताइन् । कोठामा आउँदा साढे चार बजिसकेको थियो र सायद बिहान पाँच बजे मात्र सुतेका थिए ।
उनले ओलीलाई विश्वकै अति मिहिनेती नेतामध्ये एक भएको बताउँदै उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय भन्ने भन्दै ? प्रश्नसमेत गरिन् । उनका भनाइहरूले प्रधानमन्त्री ओलीको कार्यशैलीबारे भइरहेको टिप्पणीको जवाफ दिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।