काठमाडौँ, फागुन १२ :

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग  प्रतिस्पर्धा गर्दै छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा साँझ ६ बजे सुरु हुनेछ । नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा स्थान बनाइसकेका छन् ।

नेपाल र म्यानमारबीच ३ खेल भएको छ जसमा एक बराबरी खेल्दा दुई खेलमा नेपाल पराजित भएको थियो ।

आजै दिउँसो २ बजे हुने खेलमा लेबनान र किर्गिस्तान प्रतिस्पर्धा गर्नेछन् ।