
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९९औं शाखा ललितपुरको हरिसिद्धिमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ४० शाखा र बागमती प्रदेशमा ५६ वटा शाखा सञ्चालनमा छन् ।
हरिसिद्धिमा आइतबार आयोजित एक कार्यक्रमबीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले ग्राहकलाई सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याँउदै ग्राहकको विश्वास र समर्थन समेटेर यहाँसम्म आइपुगेको बताए । उनले यस नयाँ शाखाबाट हरिसिद्धिवरपरका ग्राहकमाझ पहिलो रोजाइको बैंक बनेर सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न शाखाका कर्मचारीहरूलाई निर्देशन पनि दिए ।
शाखा उद्घघाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । यस्तै स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ-संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको पनि उपस्थिति थियो ।
सुविधा-सम्पन्न यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवा पहिलो वर्ष नि:शुल्क प्राप्त गर्न सकिनेछ ।
डी-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र पहिलो वर्ष लकर शुल्कमा ५०५ छुट उपलब्ध छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ दी इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि बैंकले ल्याएको छ ।
बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना १९९ शाखा, १६४ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ एकाइबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।