काठमाडौं, फागुन १२ :

कालिञ्चोक दर्शन लिमिटेडको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।

कम्पनीले एक बराबर एकको अनुपातमा जारी गर्न लागेको साबिकका सेयरधनीलाई प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ६० करोड रुपैयाँबराबरको ६० लाख हकप्रद सेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

कालिञ्चोक दर्शन लिमिटेडको रजिस्टर्ड कार्यालय गौशाला काठमाडौंमा आइबार आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कालिञ्चोक दर्शन लिमिटेडले कालिञ्चोक गाउँपालिका १, कुरी दोलखामा केबुलकार सञ्चालन गरिरहेको छ । नेपाल एसबीआई मर्चेन्ट एसबीआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।