काठमाडौं, फागुन १४ :

आमसञ्चार परिषद् विधेयक प्रतिनिधिसभाबाट सर्वसहमतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको हो । विधेयकमाथि भएको छलफलपछि  सभामुख देवराज घिमिरेले त्यसलाई निर्णयार्थ बैठकमा पेस गरेका थिए ।
त्यस विधेयकमा संशोधन पेश गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेश गर्न चाहने सांसदले विधेयक शाखा सिंहदरवारमा दिनसक्ने सभामुखले जानकारी गराएका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते दिनको १ बजे बस्नेछ ।