
इस्लामावाद, फागुन १४ :
१४ औं दक्षिण एसियाली खेलकुद (साग) आगामी जनवरी २३ (माघ ९) देखि ३१ सम्म पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक परिषद्को मंगलबार लाहोरमा बसेको बैठकले साग जनवरी २०२६ देखि गर्ने निर्णय गरेको हो।
खेलहरू पाकिस्तानको लाहोर, इस्लामावाद र फैसलावादमा हुने जनाइएको । बैठकमा सबै सात दक्षिण एसियाली देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरू सहभागी भएका थिए । १३ औँ दक्षिण एसियाली खेलकुद सन् २०१९ मा नेपालमा सम्पन्न भएको थियो। हरेक २ वर्षमा हुनु पर्ने साग यस पटक ६ वर्षसम्म पनि हुन सकेको छैन ।