बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
खेलकुद फुटबल

नेपालविरुद्ध म्यानमारको २ गोलको अग्रता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १५ फागुन, २०८१ मा प्रकाशित
नेपालविरुद्ध म्यानमारको २ गोलको अग्रता
काठमाडौं, फागुन १५ :

काठमाडौंमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि भएको  खेलमा म्यानमारले २ गोलको अग्रता लिएको छ ।

६२ ‍औं मिनेटमा म्यानमारको पक्षबाट पहिलो गोल भएको थियो । पहिलो गोल यु पर खाइङले गरेकी हुन् भने दोस्रो गोल ६४ औं मिनेटमा विन थेङ्गी तुमले गरेकी हुन् ।  नेपालको तर्फबाट कुनै पनि गोल हुन सकेको छैन ।

दर्शकले खचाखच भरिएको छ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको विजेताले उपाधि हात पार्नेछ । आजको खेल नेपालका लागि लगातारको हारको पीडा अन्त्य गर्ने अचूक मल्हम बन्ने विश्वास गरिएको छ ।नेपाल अहिलेसम्म खेलेको विभिन्न प्रतियोगिताहरूमा कुल १२ पटक फाइनलमा पुगे पनि सधैं उपविजेतामा सीमित हुनुपरेको छ।

फाइनल खेलका लागि नेपालले  कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएको छ । पछिल्लो खेलमा सुरुवाती रोजाइमा रहेका गोलकिपर अन्जना रानामगर र रश्मी कुमारी घिसिङ आज बेन्चमा छन् ।

लिगमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनलमा भेट पक्का गरेका हुन् । दुई टोलीबीचको समूह चरणको खेल २-२ गोलको बराबरीमा सकिएको थियो । प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानसहित चारदेश सहभागी छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार