
जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत यस कम्पनीका बिमितहरुले भुक्तानी गर्नुपर्ने नवीकरण बिमाशुल्क भुक्तानी नगरी १८० दिनभन्दा माथि व्यतित भएका बिमालेखहरुमा मिति २०८१ फागुन १५ देखि २०८२ जेठ १३ गतेसम्म नवीकरण बिमाशुल्क भुक्तानी गरी नियमित गरेमा बिमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनी २५औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताए । उनले बिमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एकपटकका लागि सार्वजनिक गरिएको र व्यतित भएका बिमालेखहरु समयमै नवीकरण बिमाशुल्क भुक्तानी गरी बिमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरेका छन् ।
साथसाथै बिमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न आग्रह गरे ।