शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

ग्याल्पो ल्होसारजस्ता पर्वले नेपालीबीच एकताको भावना अभिवृद्धि गर्न सघाउँछ : राष्ट्रपति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १७ फागुन, २०८१ मा प्रकाशित
ग्याल्पो ल्होसारजस्ता पर्वले नेपालीबीच एकताको भावना अभिवृद्धि गर्न सघाउँछ : राष्ट्रपति
काठमाडौँ, फागुन १७ :

राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् ।

शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै उनले यस पर्वबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालको हिमालीलगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ ।

पारिवारिक जमघट, आफन्त भेटघाट तथा गुथुक खाप्सेलगायत परिकार खाएर हर्षोल्लासका साथ मनाइने यस पर्वले शेर्पा जातिको पहिचान र विशेषतालाई झल्काउने उनले उल्लेख गरेका छन् । संस्कृति, परम्परा र मान्यतालाई अनुशरण गर्दै मनाइने ग्याल्पो ल्होसारलगायत चाडपर्वहरूले पारिवारिक माया, सामाजिक सद्भाव एवं एकता कायम राख्न योगदान पुऱ्याउँदै आएका छन् ।

राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार