काठमाडौं, फागुन १८ :

एनसेलका ग्राहकले अब कुनै पनि प्याक किन्दा निःशुल्क रुपमा बोनस रिसोर्स-डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन् ।

‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत, ग्राहकले रिन्युअल प्याक तथा अन्य प्रोडक्टहरू खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन-नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्छन् ।

यो अफर बिहीबार (फागुन १५) देखि लागु भएको छ । अनलिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्ने सधैं अन रिन्यूअल प्याक हालैमात्र सञ्चालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको हो । यो बोनस अफर एस्ट्रिक्स १२३ ह्यास डायल गरी प्याक खरिद गर्ने ग्राहकका लागि मात्र मान्य हुनेछ ।

‘म्याजिक रिसोर्सेज’ बोनस अफरअन्तर्गत, सधैं अन रिन्युअल प्याक, होम एन्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटालगायत १५ विभिन्न प्याक खरिद गर्ने ग्राहकले बोनस सुविधा प्राप्त गर्न सक्छन् । उदाहरणका लागि, ७९९ रुपैयाँको होम एन्ड अवे रिन्युअल प्याक लिने ग्राहकले प्याकमा पाइने २८ दिनको समयावधि भएको मुख्य सेवा ६५ जीबी डेटाबाहेक ८ जीबी डेटा वा २०० मिनेट अन-नेट टक टाइम वा २०० अन-नेट एसएमएस बोनस रूपमा प्राप्त गर्छन् ।

यस अफरअन्तर्गत समावेश सधैं अन रिन्युअल प्याकहरूमा प्याकअनुसार ग्राहकले ५ जीबीदेखि ७.५ जीबीसम्म डेटा वा २० मिनेटदेखि ८० मिनेटसम्म अन-नेट टक टाइम, वा १० देखि २०० अन-नेट एसएमएस बोनसका रूपमा पाउँछन् ।

त्यसैगरी सात दिन समयसीमा रहेको २०० रुपैयाँको कम्बो प्याकमा, ग्राहकले प्याकमा समावेश रहेको ५० मिनेट टक टाइम र अनलिमिटेड डेटासँगै बोनसबापत २ जीबी डेटा वा ५० मिनेट अन-नेट टक टाइम, वा १० अन-नेट एसएमएस प्राप्त गर्छन् । त्यस्तै,  ४९९ रुपैयाँको अनलिमिटेड भ्वाइस रिन्युअल प्याकमा, ग्राहकले ५ जीबी डेटा वा १०० मिनेट अल नेट टक टाइम, वा १०० अन-नेट एसएमएस बोनस प्राप्त गर्न सक्छन् ।

बोनस स्वरुप पाइने यी सेवा, सुविधाले ग्राहकको अनुभव वृद्धि गर्नुका साथै हरेक सेवा खरिदमा ग्राहकलाई थप लाभ मिल्ने एनसेलले जनाएको छ ।