शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
सूचना-प्रविधि

जनता आशावादी हुनेगरी काम गर्छौंः मन्त्री गुरुङ

· शुक्रबार, १२ साउन, २०८१ मा प्रकाशित
जनता आशावादी हुनेगरी काम गर्छौंः मन्त्री गुरुङ

काठमाडौँ, ११ साउनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा स्थायी सरकार आएकाले अब जनता आशावादी हुनेगरी काम गरिने बताउनुभएको छ ।  

    कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले यहाँ आयोजना गरेको ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ कार्यक्रमको आज  उद्घाटन गर्नुहुँदै उहाँले आफू पनि केही गर्ने उत्साहका साथ जिम्मेवारीमा आएकाले उत्कृष्ट कार्यसम्पादनका समन्वय र सहकार्यको भावनाले अगाडि बढ्ने बताउनुभयो । 

    विकसित देशहरूमा सहकार्यका साथ मिलेर काम गर्ने संस्कृतिका कारण विकास सम्भव भएको उल्लेख गर्नुहुँदै हाम्रा युवाहरू पनि सोही कारण विदेश जान आकर्षित भइरहेका धारणा राख्नुभयो । मन्त्री गुरुङले छिमेकी चीनलगायत देश विकासको उचाइमा पुग्नाका कारण पनि त्यहाँको कर्मचारी संयन्त्र र सरकारबीच बलियो सहकार्य भएकाले हो भन्नुभयो । “विदेशमा सबै मिलेर काम गरौँ भन्ने संस्कार छ । त्यसैमा फड्को मारिरहेका छन् । हाम्रा युवाहरू पनि त्यतै पलायन भइरहेका छन्”, उहाँले भन्नुभयो, “हामीले पनि सहकार्यको संस्कार विकास गर्न जरुरी छ ।” 

    मन्त्री गरुङले सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने आवश्यक कार्यका लागि सुझाव दिन क्यानलाई आग्रह गर्नुभयो ।। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार