काठमाडौं, फागुन १९ :
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियाका म्याट रोसलाई नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। उनलाई एक वर्षको सम्झौतासहित यो पदमा नियुक्त गरिएको हो।
एन्फाका महासचिव किरण राईले म्याट रोससँग सम्झौतामा हस्ताक्षर गरेका थिए। एन्फाले भनेको छ, ‘हामी पुरुष राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा म्याट रोसलाई स्वागत गर्न पाउँदा खुसी छौँ। उनको नेतृत्वमा हामी नयाँ यात्राका लागि उत्साहित छौं।’
रोसको नेतृत्वमा नेपाली फुटबलको भविष्यमा नयाँ उचाइ प्राप्त हुने आशा व्यक्त गरिएको छ। म्याट रोससँग भोलि (सोमबार) एक अन्तरक्रिया कार्यक्रम पनि एन्फाले आयोजना गर्ने जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ