
महिन्द्रा फोरह्विलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस् प्रालिले देशव्यापी महिन्द्रा केयर फेस्ट सुरु गरेको छ ।
फागुन १८ देखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट सुरु भएको हो । फेस्टको उद्घाटन कलाकार निर्मल शर्मा, अग्नि इन्क्र्पोरेटेडका प्रबन्ध निर्देशक सुशन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, अग्नि ग्रुपका उपाध्यक्ष वेदासताशा श्रेष्ठ, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश) लगायतको उपस्थितिमा गरिएको थियो ।
यस ४५-पोइन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वासिङ, फ्रि हेल्थ चेकअप, म्याक्सिमाइल लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसमा ५० प्रतिशतसम्मको छुट, १० प्रतिशत विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारहरु को पनि लाभ लिन सकिनेछ ।
महिन्द्राका ग्राहकले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन् ।
महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षमा झैँ ग्राहकको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ । साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्रकाको कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ ।
साथै महिन्द्राको सर्टिफाइड प्रि ओन्ड गाडी खरिद गर्नुपरेमा आकर्षक अफर पनि ल्याएको छ । यो सेवा काठमाडौं, भैरहवा, इटहरी, पोखरा र चितवन शाखामा उपलब्ध छ ।