राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाको राजदूत पदमा पूर्णबहादुर नेपालीलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले सोमबार उनलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासबाट प्रवक्ता भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिइएको छ ।
नेपालीलाई मन्त्रिपरिषद्ले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले उनलाई पुस १४ गते राजदूतका लागि अनुमोदन गरेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।