बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन- जनताको सेवा गर्दा नम्र व्यवहार गर्नू

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २१ फागुन, २०८१ मा प्रकाशित
अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन- जनताको सेवा गर्दा नम्र व्यवहार गर्नू
भैरहवा, फागुन २१ :

गृहमन्त्री रमेश लेखकले कोभिडका कारण बन्द रहेका सबै दक्षिणी नाका पुनः सञ्चालनमा आएको बताएका छन् ।

भैरहवाको बेलहियास्थित नवनिर्मित अध्यागमन कार्यालयको मंगलबार उद्घाटनका अवसरमा उनले पूर्वका पशुपतिनगरदेखि काँकडभित्ता हुँदै महाकालीसम्मका सबै दक्षिणी सीमानाका खोलिएको  र यहाँबाट पर्यटकहरूको आवागमन निरन्तर भइरहेको समेत बताए ।

गृहमन्त्री लेखकले बेलहिया अध्यागमन कार्यालयलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो कार्यालयको रूपमा परिचय गराउँदै, यसलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउनको आवश्यकता रहेको बताए।

‘नेपालको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको उल्लेख गर्दै, उनले भने,‘अर्थतन्त्रका समस्या समाधान गर्नका लागि केही नयाँ अध्यादेशहरू जारी गरिएको छ, जसलाई छिट्टै संसदबाट पारित गरी कार्यान्वयनमा ल्याइनेछ।’

अध्यागमन कर्मचारी र सुरक्षाकर्मीलाई जनताको सेवा गर्दा नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न आह्वान गर्दै उनले नेपाललाई पर्यटक र व्यावसायिक दृष्टिले अझ आकर्षक बनाउन सकिने पनि चर्चा गरेका थिए।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार