फागुन २१ :

काठमाडौं
भक्तपुर नगरपालिका ९, च्यामसिंहस्थित गरुडकुण्ड पोखरीको छेउमा एकजना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका १०, चित्तपोल भंगाल बस्ने ६६ वर्षीय भरत दुलाल मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी मकवानपुरको मनहरि गाउँपालिका ६, चौकीटोल बस्ने ३८ वर्षीय सुनबहादुर थिङ आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।