
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्र छाप्न जिम्मा सम्बन्धित प्रदेश सरकारलाई दिएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायातसम्बद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकले सो निर्णय गरेको हो।
जसअनुसार आगामी वैशाख १ देखि साउन १ सम्म सबै प्रदेशले सवारी चालक अनुमति पत्रको छपाइको काम सक्ने जनाइएको छ। त्यसअघि छाप्न बाँकी सवारी चालक अनुमतिपत्र भने यातायात व्यवस्था विभागले छाप्ने भएको छ ।सवारी चालक अनुमति पत्रमा एकरुपताका लागि यातायात व्यवस्था विभागले चालक अनुमति पत्रको ढाँचा समेत तयार पारेको छ।
यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले राइड सेयरिङलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको छ । सवारी चालक अनुमति छपाईका साथै ईम्बोष्ड नम्बर जडानलाई तिव्रता दिन समेत प्रदेशका मन्त्री तथा सचिवहरुले प्रतिबद्धता जनाएका छन्।