
काठमाडौँ, फागुन २२ :
अमेरिकाले अवैधरुपमा बसोबास गरेका नेपालीलाई पठाएको चार्टर जहाज काठमाडौँ अवतरण गरेको छ ।
अध्यागमन कानुन उल्लङ्घन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज आज बुधबार बिहान १० बजे काठमाडौँ अवतरण गरेको हो ।
डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएको छ ।