बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार प्रदेश मधेस प्रदेश मनाेरञ्जन कला

सुनसरीमा आजदेखि अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ फागुन, २०८१ मा प्रकाशित
सुनसरीमा आजदेखि अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै
सुनसरी, फागुन २४ :

सुनसरीको इटहरीमा आजबाट अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदैछ । 

एसियन पिपुल्स थिएटर फेष्टिवल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा कोशी प्रदेशको पर्यटन वर्ष- २०८१ को अवसरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव- २०२५ को आयोजना गरिएको मूल संयोजक म्याट्रिक्स इटहरीका अध्यक्ष विक्रम श्रीले बताए ।

यही फागुन २५ गतेसम्म आयोजना हुने महोत्सव इटहरी म्याट्रिक्स परिसरभित्र सांस्कृतिक भवन थिएटर हल सञ्चालन हुनेछ ।

महोत्सवमा १३ मुलुकका २० वटा नाट्य संस्थाका ४४ जना विदेशी रङ्गकर्मी र संस्कृतिकर्मी कलाकारको सहभागिता रहने छ । महोत्सव एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी, हङकङ र सर्वनाम थिएटर, काठमाडौँको सहकार्यमा स्थानीय मूल संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीको रहेको अध्यक्ष विक्रम श्रीले बताए । 

महोत्सवमा विविध नाटक प्रदर्शन, कार्यशालाहरु साथै सांस्कृतिक आदन- प्रदानका गरिने छ । जसले नेपाल र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृति र सभ्यताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको आयोजकको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार