काठमाडौँ, फागुन २४ :

कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ ।

सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो दुई बजे प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने जनाइएको छ ।

योसँगै प्रधानमन्त्री ओली आज सुर्खेतमा विभिन्न कार्यक्रममा सहभागी हुँने तयारी छ । प्रदेशसभामा सम्बोधन गर्नुअघि ओली मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।

त्यसपछि मध्यपश्चिम विश्वविद्यालयको भवन उद्‌घाटन र सुर्खेत रङ्गशालाको अवलोकन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।