धनगढी, फागुन २६ :

धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा राखिएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् । नेताहरुको स्वागतका लागि नेविसंघका विद्यार्थीहरुले सडकका वरपर पार्टीका झण्डा राखेका थिए ।ती झन्डा आन्दोलनरत विद्यार्थीले धमाधम हटाएका हुन् ।

प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन, अखिल क्रान्तिकारी लगायतका विद्यार्थीहरु आन्दोलित छन् । उनीहरूले झन्डा हटाउँदा नेविसंघका विद्यार्थीले विरोध गरेका थिए । त्यसक्रममा उनीहरुबीच झडप भएको छ ।

सभापति देउवासहितका नेताहरू कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गर्नभोलि धनगढी जाने कार्यक्रम रहेको छ ।