काठमाडौं, फागुन २६ :

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत राजावादीहरुको प्रदर्शनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको मूल सडक अस्तव्यस्त भएको छ ।

प्रदर्शनले काठमाडौंको सवारीसाधन आवागमन प्रभावित भएको छ । विशेषगरी तीनकुने चाबहिल रुट प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।

चक्रपथमा चल्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न लगाइएको छ । यातायात ठप्प हुँदा यात्रु सास्ती खेप्न बाध्य भएका छन् ।

साढे ३ बजे पूर्वराजा त्रिभुवन विमानस्थलबाट निर्मलनिवास फर्किने तयारी छ ।  उनी आएकै अवसरमा राजावादीहरूले प्रदर्शन गरेपछि सुरक्षा सतर्कता बढाइएको छ । 

यो पनि…

हवाई टिकट भएका यात्रुबाहेक अरुलाई विमानस्थल प्रवेशमा रोक