बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
समाचार

बोल्न नसक्ने राईले पाइन ६८ वर्षमा नागरिकता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
बोल्न नसक्ने राईले पाइन ६८ वर्षमा नागरिकता
सोलुखुम्बु, फागुन २७ :

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका- ५ की बोल्न नसक्ने एक ६८ वर्षीया वृद्धा गोटाल मनि राईले नेपाली नागरिकता प्राप्त गरेकी छिन् । 

राईलाई प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रदान गरेका हुन् । 

वडाअध्यक्ष महलसिंह राईको सिफारिसमा नागरिकता वितरण गरिएको थियो । जिल्लाका कुनै पनि नागरिक नागरिकता पाउनबाट वञ्चित नहोस भन्ने उद्देश्यअनुरुप राईलाई नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । 

राईका बुवाआमा सानैमा मृत्यु भएका कारण नागरिकता बनाउन नसकेको वडाध्यक्ष महलसिंह राईले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार