काठमाडौँ, फागुन २७ :

पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु भएको छ ।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले होटल याक एण्ड यतिमा उदघाटन गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा  ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सुरु भएको सम्मेलन भोलिसम्म चल्ने छ ।