काठमाडौं, फागुन २७ :

बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको पदमा बालनरसिंह घर्ती (बीएन घर्ती) नियुक्त भएका छन् ।

फाइनान्स सञ्चालक समितीको यही फागुन २६ गते बसेको सञ्चालक समितिको ६०२औं बैठकले घर्तीलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

फाइनान्सका अनुसार आगामी चारवर्षे कार्यकालका लागि नियुक्त भएका घर्तीको कार्यकाल यही फागुन २६ गतेदेखि नै कार्यान्वयनमा आएको छ ।