बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
खेलकुद क्रिकेट

महिला टी- ट्वेन्टी आई शृंखला : नेपाल हङकङसँग दुई रनले पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
महिला टी- ट्वेन्टी आई शृंखला : नेपाल हङकङसँग दुई रनले पराजित
काठमाडौँ, फागुन २७ :

युगान्डामा जारी  महिला  टी- २० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा सोमबार साँझ सम्पन्न खेलमा नेपाल हङकङसँग दुई रनको झिनो अन्तरले पराजित भएको हो ।

हङकङले जितको लागि दिएको एक सय एक रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९८ रन मात्रै बनाएको हो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रनको योगदान दिइन् । यस्तै, पूजा महतोले १९, विन्दु रावलले १४, रोमा थापाले अविजित १३ तथा साना प्रविनले १० रन बनाइन् ।

हङकङका लागि मारिको हिलले दुई तथा सियु मिवाई र चान का यिङले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय रनको योगफल तयार पारेको थियो । हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिल्सले २१ तथा यश्मिन दासवनीले अविजित ११ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान दुई÷दुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान एक- एक विकेट लिए । यससँगै नेपालले प्रतियोगितामा दोस्रो हार बेहोरेको छ । नेपालले तीन खेलमा दुई अङ्क जोडेको छ ।

पहिलो खेलमा नामिबियासँग छ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डाविरुद्ध एक विकेटको जित निकालेको थियो ।

लगातार दोस्रो जित निकालेको हङकङको तीन खेलबाट चार अङ्क भएको छ । पहिलो खेलमा युगान्डासँग आठ विकेटको हार बेहोरेको हङकङले दोस्रो खेलमा नामिबियालाई चार विकेटले हराएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार