शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

यस वर्षको एसइईमा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने

जापानबाट २९ परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ फागुन, २०८१ मा प्रकाशित
यस वर्षको एसइईमा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने
काठमाडौँ, फागुन २८ :

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन् । 

परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

परीक्षा फाराम भरे पनि सबै परीक्षार्थी भने सहभागी नहुने गरेको परीक्षा नियन्त्रक कार्यलयले जनाएको छ ।

एसइई आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुँदै छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले परीक्षाका लागि केन्द्रबाट गरिने सबै तयारी पूरा भइसकेको जानकारी दिए । 

परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्‍याइसकिएको छ । परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ । 

ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याका आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ । यस पटक जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार