
काठमाडौँ, फागुन २९ :
चार देशीय महिला टी- ट्वेन्टी आई शृंखलामा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।
जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । नेपालले आयोजक युगाण्डालाई हराएको थियो भने नामिबिया हङकङसँग पराजित भएको थियो । यस्तै, नामिबियाले पनि एकमा जित र दुईमा हार बेहोरेको छ ।
नेपालले अर्को खेल भोलि बिहीबार युगाण्डासँग र चैत एक गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।