बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
समाचार शिक्षा

एमालेको पार्टी कार्यालयमा आन्दोलनरत शिक्षकको धर्ना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ फागुन, २०८१ मा प्रकाशित
एमालेको पार्टी कार्यालयमा आन्दोलनरत शिक्षकको धर्ना
फाइल तस्बिर।
काठमाडौं, फागुन २९ :

आन्दोलनरत शिक्षकहरुले आज नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । उनीहरूले दिउँसो १ बजेदेखि ३ बजेसम्म ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।

विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिँदै आएका शिक्षकहरुले दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत प्रमुख दलको पार्टी कार्यालयमा धर्ना दिन सुरु गरेका हुन् । यस अघि महासङ्घले मङ्गलवार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई घण्टा धर्ना दिएको थियो ।

यसैगरी उनीहरूले आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाडामा धर्ना दिने नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरुलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरुको माग रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार