
फाइल तस्बिर।
आन्दोलनरत शिक्षकहरुले आज नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । उनीहरूले दिउँसो १ बजेदेखि ३ बजेसम्म ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।
विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिँदै आएका शिक्षकहरुले दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत प्रमुख दलको पार्टी कार्यालयमा धर्ना दिन सुरु गरेका हुन् । यस अघि महासङ्घले मङ्गलवार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई घण्टा धर्ना दिएको थियो ।
यसैगरी उनीहरूले आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाडामा धर्ना दिने नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरुलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरुको माग रहेको छ ।