काठमाडौं, फागुन २९ :

काठमाडौं, दैलेख, मोरङ, गुल्मी र धनुषाका छुट्टाछुट्टै स्थानमा ५ जना मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका १६, बालाजु वसन्तनगर गुम्बा विटनजिक मन्दिर परिसरमा नुवाकोट ढिकुरे घर रहेका ३६ वर्षीय नरेन्द्र बानियाँ बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी दैलेखको नौमुलौ गाउँपालिका ४, उत्तेसेनी कालिका बस्ने ४५ वर्षीया रति बुढा आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका ५, सिस्ने टोलमा फर्निचर सञ्चालन गर्दै आएका सोही नगरपालिका ५, खोक्सी बस्ने अन्दाजी ५५ वर्षीय रवि मुसहर ऋषिदेव सोही फर्निचर नजिकको चौरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मीको मदाने गाउँपालिका ४, झार्कीसल्लास्थित गोरेटो बाटोमा परिचय नखुलेका ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका १८, भोइलस्थित कलभर्टमुनि परिचय नखुलेका ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।