
काठमाडौं, फागुन २९ :
प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा आन्तरिक र अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकूलका कारण न्यून भिजिबिलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’ मा परेका हुन् । विमानस्थल कार्यालयका अनुसार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको छ ।
कतारको दोहाबाट आएको कतार एयरबेज, भारतको नयाँदिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुबईबाट आएको फ्लाइ दुबई, भैरहवाबाट आएको फ्लाइ दुबई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिबिलिटीका कारण होल्डमा परेको कार्यालयको भनाइ छ ।