
ग्लोबल आईएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुको शैक्षिक शुल्क, बिमा शुल्कलगायत विभिन्न भाषा परीक्षा आईएलटीएस, टोफल, स्याट, जिम्याट, पीटीई, एसीटीको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ । यो योजना अगस्त ३१, २०२५ सम्म लागु हुनेछ ।
अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरुले भुक्तानीका लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पूरा गरेपश्चात् बैंकले रकम भुक्तानीका लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।