
जनकपुरधाम, चैत १ :
जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको बस दुर्घटना हुँदा २० भन्दा बढी यात्रु घाइते भएका छन् ।
ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेको हो ।
दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
सामान्य, मध्यम र गम्भीर गरी २० भन्दा बढी यात्रु घाइते भएका छन् । एम्बुलेन्समा बिरामी उपचारका लागि विभिन्न अस्पतालहरुमा लगिएको प्रहरीले जनाएको छ ।
बसमा अधिकांश यात्रुहरु मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किरहेकाहरू भएको जनाइको छ ।