नेपालगन्ज, चैत १ :

पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

जिपको ठक्करबाट आज (शुक्रबार) कोहलपुर नगरपालिका १५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

सडक छेउमा हिँडिरहेका थारुलाई प्र. २०३-००१-च-३९९२ नम्बरको जिपले ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय सुनवलको टोलीले जिप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । -रासस