बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार मनाेरञ्जन कला

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २ चैत, २०८१ मा प्रकाशित
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुने
काठमाडौँ, चैत २ :

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२ देशका १७ नाटक मञ्चन हुने भएको छ । 

मण्डला थिएटरद्वारा आयोजना गरिने महोत्सव यही चैत ६ देखि १२ गतेसम्म चल्ने महोत्सवका संयोजक केदार श्रेष्ठले जानकारी दिए । 

विश्वभरबाट एक सय १५ नाटक प्राप्त भएका थिए । तीमध्येबाट १० विदेशी र २ नेपाली गरी १२ वटा नाटक छनोट गरिएको उनले बताए । त्यसबाहेक मण्डला थिएटरबाट एक, तीन सहरका स्थानीय आयोजकका तीन र चौतारी नाटक एक गरी जम्मा १७ नाटक महोत्सवमा मञ्चन गरिने छ ।

श्रेष्ठका अनुसार नेपालबाट  ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’, जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र  ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोन’, लिुथआना र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’ लगायतका नाटक छनोट गरिएको छ । 

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित हुने महोत्सव काठमाडौँस्थित मण्डला थिएटरसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि हुँदैछ । 

संयोजक श्रेष्ठले महोत्सवमा एक सय भन्दा बढी विदेशी कलाकारहरु आउने, स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशालासँगै कला प्रदर्शनी, सङ्गीत, नृत्य प्रदर्शनी हुने जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार