बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

जनकपुरमा होली खेल्ने विषयमा विवाद, एक युवकको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ चैत, २०८१ मा प्रकाशित
जनकपुरमा होली खेल्ने विषयमा विवाद, एक युवकको मृत्यु
धनुषा, चैत ३ :

होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको मृत्यु भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका- २३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु यादवको मृत्यु भएको हो । 

अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । 

आक्रमणमा प्रयोग गरिएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा राखेर कारबाही अगाडि बढाइएको तिवारीले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार