काठमाडौं, चैत ४ :

पञ्चायतकालीन नेता नवराज सुवेदीले आजदेखि राप्रपाको साधारण सदस्य पनि नरहने घोषणा गरेका छन् । 

काठमाडौंको डिल्लीबजारमा आज राजावादी पक्षधरहरूले गरेको  भेलापछिको पत्रकार सम्मेलनमा सुवेदीले   अब आफू राजा ल्याउन लाग्ने बताए ।‘म आजदेखि राप्रपाको साधारण सदस्य पनि रहन्न,’उनले भने,  राजा ल्याउन लाग्छु।’

राजावादीहरूले आफ्ना एजेण्डालाई कमजोरी ठानिए त्यसको मूल्य महंगो पर्ने समेत चेतावनी दिएका छन् । उनीहरुले आन्दोलन दबाउन खोजे हालैका दिनमा बङ्‍गलादेशमा जस्तो परिस्थितिको निर्माण हुने घटनाप्रति पनि स्मरण गराएका छन् ।

उनीहरूले संवैधानिक राजसंस्थाको पुर्नस्थापना, सनातन हिन्दू अधिराज्यको पुर्नस्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण लगायतका माग राख्दै आएका छन् ।