
काठमाडौं, चैत ४ :
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक (सीईओ) मा दिनेश भट्ट नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले बैतडीका भट्टलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टको नाम पहिलो नम्बरमा सिफारिस भएको थियो ।