बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
कर्पोरेट खेलकुद

नेपालगन्ज म्याराथनसँग वन स्टेप फाउन्डेसनको सहकार्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ चैत, २०८१ मा प्रकाशित
नेपालगन्ज म्याराथनसँग वन स्टेप फाउन्डेसनको सहकार्य
नेपालगन्ज, चैत ५ :

अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथनबीच किशोरी खेलाडीलाई दौडमार्फत मूलधारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ ।

समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरुलाई सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा वन स्टेप फाउन्डेसनका तर्फदेखि बालकृष्ण जोशी र नेपालगन्ज म्याराथनका तर्फबाट टीएस ठकुरीले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै वन स्टेप फाउन्डेसनले नेपालगन्ज म्याराथनमा तीन सय किशोरीको दर्ता गरेर सघाउनेछ । ‘यसले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न सघाउनेछ,’ वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले भनेका छन्‌, ‘पिछडिएको समुदायका किशोरीलाई मूलधारमा ल्याउनु हामी सबैको जिम्मेवारी र दायित्व हो । नेपालगन्ज म्याराथनको यो पहलकदमीको हार्दिक सराहना पनि गर्दछु ।’

नेपाली किशोरीको क्षमता र प्रतिभालाई उजागर गर्न अन्तर्राष्ट्रिय सहभागितामा समेत सघाउन आफूहरु तयार रहेको वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले बताएका छन् । जोशीले संसारकै शीर्ष ६ मध्येका न्युयोर्क म्याराथन, सिकागो म्याराथनलगायत १५ बढी फुल म्याराथन पुरा गरिसकेका छन् । साथै गत वर्ष विश्वविख्यात एभरेस्ट म्याराथन पनि पूरा गरेका थिए । एक सय बढी हाफ म्याराथन तथा दुईवटा एक सय किलोमिटर दूरीका अल्ट्रा म्याराथन पूरा गरिसकेका छन् । अमेरिकामा स्थापित वन स्टेप फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुदका साथै सामाजिक काम गर्दछ ।

सम्झौताअनुसार वन स्टेप फाउन्डेसनले नेपालगन्जका सेरोफेरोमा अवस्थित विद्यालयमा अध्ययनरत तीन सय किशोरीको दर्ता शुल्क नेपालगन्ज म्याराथनलाई प्रदान गर्नेछ । यो सम्झौता सन् २०३० संस्करणसम्मका लागि गरिएको छ । आपसी सहमतिमा हरेक वर्ष सहभागी संख्या क्रमिक बढाउँदै जाने पनि सम्झौतामा उल्लेख छ ।

सम्झौताले नेपालगन्ज म्याराथनको दायरा अझै फराकिलो हुँदै जाने संस्थापक टीएस ठकुरीले बताए । ‘संसारभर रहेका नेपालीलाई यसमा जोड्न यो अवधारणा अगाडि बढाइएको हो,’ ठकुरीले भने­, ‘विश्वका जुनसुकै देशमा कार्यरत हरेक सामाजिक संघसंस्था वा व्यक्तिले यसमा सहजै सहकार्य गर्न सक्नेछन् ।’

धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण आगामी मंसिर ६ गते शनिबार हुँदै छ । नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले विश्वको शीर्ष ६ भित्र पर्ने लन्डन म्याराथनमा भाग लिइसकेका छन् । यसैगरी दशौंका विजेतालाई लन्डनलगायत अन्य विश्व प्रतिष्ठित म्याराथनमा सहभागी गराउने तयारी भइरहेको छ । नेपालगन्ज म्याराथन नेपालबाट एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को पहिलो पूर्णकालीन सदस्य हो । एम्सले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई नेपालका लागि आधिकारिक दूत नियुक्त गरेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार