
काठमाडौँ, चैत ६ :
निर्वाचन समितिका पदाधिकारी र नेविसंघ प्रतिनिधिबीच त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा लगाएको ताला खोल्ने सहमति भएको छ ।
स्ववियु निर्वाचनका लागि नेविसंघका दिपकराज जोशी र अनोज कार्कीको उम्मेदवारी परेको थियो । निर्वाचन समितिले जोशीलाई आधिकारिकता दिँदै कार्कीको उम्मेदवारी खारेज गरिदिएपछि असन्तुष्ट पक्षले प्रिन्सिपलको कार्यालयमा ताला लगाएको थियो ।
तालाबन्दीका कारण मङ्गलबार विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।
ताला खोल्ने सहमति भएसँगै निर्वाचन हुने भएको छ । विश्वविद्यालय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन गराउने मिति तोकिएको छ ।