बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार अर्थतन्त्र

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव : १०० भिक्षु र ४०० साधकको ध्यान सत्र

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ चैत, २०८१ मा प्रकाशित
लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव : १०० भिक्षु र ४०० साधकको ध्यान सत्र
काठमाडौं, चैत ६ :

नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा भोलि (बिहीबार) बाछ लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव गर्ने भएको छ ।

यो महोत्सव २०७१ चैत ७ गतेदेखि २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरहरूमा आयोजना हुने नेपाल पर्यटन बोर्डले जनाएको छ ।

लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रहरूबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदानप्रदानलाई प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको बोर्डले जनाएको छ ।

चैत ७ गतेदेखि सुरु हुने यस महोत्सवमा चैत ८ गते मायादेवी मन्दिरबाहिरको पवित्र उद्यानमा १०० भिक्षु र ४०० साधकहरूको सहभागितामा ध्यान सत्र सञ्चालन हुनेछ । चैत ९ गते खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ ।
यसबीचमा लुम्बिनी शान्ति सांगीतिक कार्यक्रम, झोंग हुआ गुम्बाको २५औं वार्षिकोत्सवको अवसरमा फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोहलगायत विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोर्टस् संघ, केजीएच ग्रुप, भिभो, दीपल, बुद्ध एयरजस्ता स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गर्नेछन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशीले दास्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव नेपालले शान्ति र सांस्कृतिक आदानप्रदानलाई प्रवर्धन गर्न गरेको प्रतिबद्धताको प्रतीकका रुपमा अघि बढाइएको बताए । उनले भने, ‘हामी विश्वभरका पाहुनाहरूलाई लुम्बिनीको आध्यात्मिक अनुभव गर्न र विश्वव्यापी सौहार्दता मनाउन निमन्त्रणा गर्दछौं ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार