काठमाडौं, चैत ७ :

नेपाल दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशको सूचीमा पर्न सफल भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ का अनुसार नेपाल विश्वको ९२ औं स्थानमा रहँदै दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशमध्ये शीर्ष स्थानमा परेको छ ।

यस्तै पाकिस्तान १०९औं स्थानमा रहँदा अर्को छिमेकी देश भारत  ११८औं स्थानमा परेको छ । यसैगरी श्रीलंका १३३औ स्थान, चीन ६८औं स्थान, अमेरिका २४औं स्थान र बंगलादेश १३४औं स्थानमा रहेको छ ।

विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ । यसैगरी  दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौ स्थानमा नेदरल्याण्डस्, छैटौं स्थानमा कोस्टारिका, सातौ स्थामा नोर्वे, आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र १०औं स्थानमा मेक्सिको रहेको वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा उल्लेख छ ।