बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति मिलाउन आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ चैत, २०८१ मा प्रकाशित
उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति मिलाउन आग्रह
काठमाडौँ, चैत ८ :

नेपाल उद्योग परिषद्ले उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन सरकार एवं सम्बन्धित पक्षसँग आग्रह गरेको छ । 

नेपाल विद्युत् प्राधिकरणले उद्योगमा हाल दैनिक १२ घण्टासम्म विद्युत् भार कटौती गराएर उद्योगीलाई प्रताडित गरेकाले पूर्ण रुपमा विद्युत् आपूर्तिको माग परिषद्ले गरेको हो । 

परिषद्ले बिहीबार विज्ञप्ति जारी गरी ‘मुलुकमा विद्युत् बचत हुँदा पनि उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले उद्योगमा विद्युत् भार कटौती गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको आरोप लगाएको छ ।

उद्योगमा विद्युत् उपलब्ध नगराउँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको परिषद्को भनाइ छ । 

“सरकारले स्वदेशी उद्योगको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगमा गरेको विद्युत् भार कटौतीले उद्योगलाई मर्माहत बनाएको छ”, विज्ञप्तिमा भनिएको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार