बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
लुम्बिनी प्रदेश खेलकुद क्रिकेट

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीद्वारा गण्डकी पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ चैत, २०८१ मा प्रकाशित
दाङ, चैत ८ :

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो ।

लमहीस्थित क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्यो । पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो । उसका लागि अर्जुन कुमालले ३३, दीपक डुम्रेले १९, कमल परियारले १७ तथा कप्तान विपिन खत्रीले १५ रन बनाए ।

बलिङतर्फ आर्मीका लागि शाहब आलमले १० ओभरमा ४२ रन खर्चिएर ५ विकेट लिए । यस्तै कुशल मल्ल र नरेन साउदले दुई दुई विकेट लिए ।

११७ रनको लक्ष्य आर्मीले २६ दशमलव ५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि तीर्थराज दासले ३७, बसिर अहमदले अविजित ३२, भीम सार्कीले १४ तथा इमरान सेखले १२ रनको योगदान दिए ।

बलिङतर्फ आर्मीका लागि चन्द्र पौडेल, विपिन खत्री, सुवास भण्डारी र सुदीप अर्यालले एक-एक विकेट लिए । 

योसँगै आर्मीले जारी प्रतियोगितामा ७ खेलमा ६ मा जित हात पार्दै १२ अंक जोडेको छ । आर्मी अंक तालिकामा दोस्रो स्थानमा छ । यस्तै गण्डकीले हालसम्म खेलेका ७ खेलमध्ये एउटामा मात्र जित निकालेको छ । गण्डकी दुई अंकका साथ अंक तालिकाको पुछारमा छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार