तनहुँ, चैत ९ :

तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवा मृत फेला परेका छन् । ऑबुखैरेनी गाउँपालिका- २ एक्लेफॉटस्थित मर्स्याङ्दी नदीमा आज ती युवा मृत फेला परेका हुन । 

मृत फेला पर्नेमा गोरखाको नौ किलो घर भएका ३० वर्षीय राहुल कुमाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । 

एक्लेफॉटस्थित ऐना होटलमा काम गर्ने कुमाल यही चैत ५ गतेदेखि बेपत्ता थिए । शसस्त्र प्रहरी बल मनकामना गण भानुको टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।